सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा

0

काठमाडौं : सरकारले सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो ।

विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको हो । त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ ।

नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले एक हजार ६ सय ९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँबाट काकडभिट्टा जानका लागि एक हजार ४ सय ७० भाडा लाग्ने भएको छ ।

भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

विभागले देशभरका कूल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार शनिबारदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

Leave A Reply

Your email address will not be published.