परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

0

नव नियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का बुधबार नै अमेरिका प्रस्थान गर्ने भएका छन् ।

बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका मन्त्री खड्का बेलुका अमेरिका प्रस्थान गर्ने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा सहमति जुटाएर खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए ।  


सपथ ग्रहण लगत्तै सिंहदरबारमा पदभार ग्रहण गरेका खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिनका लागि न्यूयोर्क प्रस्थान गर्न लागेका हुन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जान लागेका खड्काले त्यहाँ आयोजना हुने महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् । परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसङ्घको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो ।


पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री खड्काले न्यूयोर्क भ्रमणका बेला अमेरिकी अधिकारीहरुसँग एमसीसीबारे कुनै छलफल नहुने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.