एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माधव नेपाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पुर्णता पाउने बताएका छन् ।

शुक्रबार बिहान काठमाडौंको आलोकनगरमा पार्टी केन्द्रीय कार्यालयको उदघाटन गर्दै उनले छिट्टै मन्त्रिपरिषद विस्तार हुने बताएका हुन् । अध्यक्ष नेपालले सरकारमा जान एकीकृत समाजवादी भने तयारी अवस्थामा रहेको बताए ।

नेपाल नेपालले सत्ता साझेदार दलहरुले केन्द्र र प्रदेश सरकारसम्म सहकार्य गरेर जाने पनि स्पष्ट पारे । प्रदेश नम्बर एक र तीनमा समाजवादीले मुख्यमन्त्री दाबी गरिरहेको छ । कुनै पनि दिन ती प्रदेशमा मुख्यमन्त्री फेरिएको खबर आउने अध्यक्ष नेपालले जानकारी दिए ।

गठबन्धन तोड्न अनेक प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने पनि नेपालले उल्लेख गरे । आगामी चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धन मिलेर एमालेविरुद्ध जाने नेता उनको भनाइ छ ।

एमाले दक्षिणपन्थी भासमा डुबेकाले त्यो पार्टीसँग भने गठबन्धन नहुने उनले स्पष्ट पारे । अध्यक्ष नेपालले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक भएर देखाउने प्रतिबद्धता समेत जनाए ।

उनले एमसीसीको निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोधेर पठाइएको समेत उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.