एन आर एन ए बेल्जियम पाचौ अधिवेसनमा के भयो ?

0

डिल्ली राम अंमाई, चारदिशा ,

एन आर एन बेल्जियमको निर्बाचनलाई संसारका एन आर एनहरुले चासोका साथ हेरिराखेका छन् र यसको सफलताको कामना  पनि गरिरहेका छन् । बेल्जियमबासी नेपालीहरु पनि अत्ति नै तल्लो स्तरको राजनीतिक हस्तक्षेप र समाजका नेपालीहरुलाई झैँ-झगडा र बिभाजनमा उतारेर व्यक्तिगत फाइदा उठाउदै आएका राजनीति पार्टीका केही  टाउकेहरुबाट आजित भएका छन । यसपाली सबैको आवाज छ कि दुषित राजनीतिक हस्तक्षेपलाई परास्त गर्दै सकभर सहमतिको समिती निर्माण गर्ने ।

एन आर एन लाई राजनीतिक झगडाको पिसाबले छ्यापेर बेल्जियमका नेपालीहरुलाई अन्तराष्ट्रियरुपमै बदनाम गराउने हरुसंग सबै रुष्ट भएका संकेतहरु हिजो भएको पाचौ अधिवेसनहलमा प्रस्टै मुखारित भयो । त्यहा एक थरीले अध्यक्ष बाहेक मिल्नै नसक्ने धक्कु लगाए भने अर्को थरिले १२०० सदस्यको फुइ छाडे । वास्तविक स्थिती बेल्जियमको समाजमा स्थायी झगडियाको रुपमा पहिचान बनाएका र इमान्दार कांग्रेसहरुलाई बिभाजन गरेर आफ्नै सिङो नेपाली समाजलाई नै बद्नाम गराउन पल्केका कथित नेताहरु प्रती पनि सर्बसाधारण नेपालीहरुको बितिस्णा छ । एउटा पक्ष बिच चरम अंतर्बिरोधले जेलिएको माछी जाल केही खुकुलो पार्दै स्वार्थको कारणले नै भए पनि मिलापत्र भएको छ, समाज हितलाई ध्यानमा राख्दा त्यो राम्रो कदम हो , तसर्थ मिल्ने मिलाउनेलाई धन्यवाद दिनै पर्छ । अर्को पक्षले पनि आफुलाई हैसियत अनुसारको पहुचको दाबी गर्दै मिल्नुको बिकल्प देखिदैन । चुनावमै बुर्कुशी मार्ने हो भने मिल्न सक्ने पनि गुम्ने खतरा रहन्छ । यो नै यथार्थ हो तर साथीहरुलाई सुन्दा अप्रिय लागे पनि आफ्नो धरातल अनुसारको बिश्लेशण हो भनेर चित्त बुझाईदिनु होला ।

बेल्जियमबासी नेपालीहरु आफ्नो इज्जत जोगाउन एन आर ऐनमा दुषित राजनीतिक कब्जा जमाउन चाहने कुतत्वहरुलाई पाखा लगाउन एक भएर जुट्ने आवाजहरु ब्यापक रुपमा सबै तिरबाट आएका छन । अघिल्लो कार्यकाल देखी नै बेल्जियमका आम जनसमुदायको राजनीतिक पार्टीको हस्तक्षेपका कारण एन आर एन प्रति नै चरम बितृष्णा पैदा भएको कुरा घाम जत्तिकै छर्लङ्न छ ,तर उनिहरुको त्यो कार्यलाई हामीले चिर्न सकिरहेका छैनौ । जो पार्टी राजनीतिमा हाबी छन एन आर एन ए मा पनि तिनै हाबी छन । आफ्नै घर मिलाउन नसक्ने, आफै भित्र सधै धारेहात लगाउनेहरु मिलेको जस्तो देखिएको छ । तर सम्भावना अन्तर्घातको पनि त्यत्तिकै देखिन्छ । हामीले भन्ने कुरा केहो भने मिले मन देखिनै मिल ,मिल्न नसके असन्तुस्टी के हो सम्बन्धित पक्षसँग राख र पुन मिल्ने प्रयत्नलाई जारी राख । तर प्रस्ट देखिने फुट भन्दा अन्तर्घात झनै डर लाग्दो प्रब्रिती हो । एउटा कोटले जाडो जादैन अबसर अाइरहन्छन् मनहरुलाई मिलाउ ।

अहिलेको नेपाली समाजलाई कसरि मिलाएर लान सकिन्छ ? सबैले गम्भिर भएर सोचौ । किनकी तपाईं हाम्रो स्वार्थ भन्दा ठुलो सामाजिक सद्भाव हो । अध्यक्षमा चार जना , अाइसिसिमा त्यस्तै सबै पदमा घनचक्कर छ किन होला ? चुनाबी खर्च बचाउन सके नेपालमा एउटा परिवारलाई भए पनि राहत मिल्थ्यो । मिले अाइडियल नै हुन्थ्यो तर के गर्नु आ-आफ्न चिलाएका सिङ्ग नठोक्याए सम्म सिङ्गको जराको चिलाई नमर्ने रोगले गाँजेको छ हामी सबैलाई ।

प्रसँग बदलौ, हिजोको यन आर यन बेल्जियमको अधिवेसनले हामी सबैलाई कुरिकुरी भनेर गिज्यायो । कस्ता खेताला पठाएका रहेछौ त २ बर्ष अगाडि ? कोशाद्यक्षको आर्थिक प्रतिबेदन हेरेर संसार छक्क पर्‍यो । कतिका नाम छन रकम नै छैनन । कतिका दुबै छैनन । १० एुरो का नाम छन लाख लाखका नाम पनि छैनन पैसा पनि, एक मुस्ठको ठुलो घन्टिको आवाजमा सबै संस्थाहरुका नाम र दाम हराए । अध्यक्षले माफि मागे हल मानेन र आर्थिक प्रतिबेदनलाई रध्दिको टोकारीमा हाली दियो । आम्दानी खर्चका पुरा विवरण सहित् सप्रमाण बुझ बुझारथको दिन सम्म विवरण प्रस्तुत गर्न बन्द सत्रले कडा आदेस दिएको छ । नैतिकता भए पुरा गर्छन् नत्र सुदामले रोजेको बाटो रोजे कसको के लाग्छ । नेपाली जनमानसमा जुन कुराहरु उक्त संस्थाको बिषयमा उठिरहेका छन,त्यसले अब त्यो संथाको नेत्रित्व बदल्ने कुरालाई मात्रै सँकेत गरिरहेको छैन । त्यसले अब नयाँ सिस्टम र आर्थिक पार्दर्सिताको माग समेत् गरेको छ ।

नेपली जनमानस्का अत्यान्तै समसामयिक र तर्कयुक्त केही जटिल् प्रश्नहरु सहितको बहसले अबको निर्वाचन कबी इक्षुककै शब्दमा’नया गाइजात्रा’को सङ्ग्या तर्फ लैजाला वा एन आर एन ए बेल्जियममा बस्ने नेपालीले गर्ब गर्न लाएक बन्ला त्यो त हेर्न बाकि नै छ। बेल्जियममा यो संगठन जुन उद्यस्य र सपनाको साथ गठन गरिएको थियो त्यसले देखिन योग्य मुख्य मुद्धाहरु उठान गर्न नसकिरहेको गुनासो यत्र-तत्र-सर्बत्र सुनिन थालेको छ । सर्बसाधारणका धेरै प्रश्नसँगै तर्कहरु पनि छन पुराना नेत्रित्वहरु सँग । तर परिणाम् न्युन । अगाडिबाटै भन्दै आउँदा -किन महायज्ञको रापिलो आगोलाई साक्षी राख्दै सपनिल रकम बोल्न वाध्य बनाइयो र अरुको धार्मिक आस्थालाई नकटो बनाउदै अग्निकुन्डमा नचाइयो ?? उत्तर आयो ‘नेपाल हाउस’ को लागि । के शब्द भन्दा अगाडि पुग्यो त आग्ज्ञा बाड्नेहरुको पराक्रम ? इपरमा त्यस्तै भयो एउटाले कम्मर कस्यो ,बन्छकी भनेर अर्को तर्स्यो ,कुनै छिद्रबाट गुरुको निर्देशन आयो-‘ काउन्टर दे’ – काउन्टर दिइयो ,र इपर स्मारकको कुमार घैटेकै तरिकाले ईन्काउन्टर गरियो ।

यहाँको नेपाली समुदायको बिबादको फाईदा उठाउदै दुतावासले जसोतसो गरेर बनायो ,यो प्रसँग टुङियो  !

यो कार्यकालमा पनि च्यारिटी कोशलाई गर्भादान गराइयो जन्मन दिइएन । उठेको पैसा कुन बैक  खाता नम्बरमा छ ? हलमा कुरो उठ्यो । नत यो खातामा छ भनेर हललाई सप्रमाण आश्वास्त पार्न सकियो नत नेपालीको मन जित्न । सम्भब कुरा बाडिएको थिएन भने सारा नेपालीहरुको अगाडि त्यो त सपना बाडेका थियौ १०/२० बर्ष पछाडिको ,हामीले अहिले सामर्थ्य राख्दैनौ ,खर्चको जोहो गर्न अनावश्यक प्रोपगांडा गरेका हौ ,कृपया माफ गरिदिनिहोस् भन्न किन लाज ! शायद अध्यक्ष महोदयबाट आएको रोदन त्यसैको लागि पो थियो की ?

प्रमुख अतिथी अन्तरराष्ट्रिय समितिका महा सचिव कुमार पन्त लगाएतका अतिथिहरुले बेल्जियमका नेत्रित्वले प्रस्तुत गरेका प्रातिबेदनहरु लगेकी लगेनन होला । नलगेको भए कम्सेकम हामीले जिताएका नेता र हामी मतदाताको इज्यत त जोगिन्थ्यो हगी ? दान दिएकाहरुले भुकम्प राहतको लागि दिएका थिए, त्यसको पुरा विवरण प्रतिबेदनमा राख्नु पर्छकी पर्दैन ? नगद दिनेहरुले मौज्दातको प्रमाण र आवश्यक परे खर्चको विवरण समेत माग गरे भने केहोला त स्थिती ?

यो सबै स्थितिलाई हाडिगाउँको जात्रा हुनबाट जोगाउन पत्रकारहरुले घच्घच्याई रहे । दोश दिने मठाधिशहरुले ‘मिडिया सुनामी’को कोकोहोलो मच्चाए । तर सर्ब साधारण नेपालीहरुले मिडियाका कार्यहरुको कसरी मुल्याङ्कन गरे कुन्नी ? कम्जोरीहरु घच्घच्याइ रहदा सर्बसाधारणहरुले नराम्रो मानेछन र मिडियाले माफि नै माग्नु परेछ भने नेपाली सर्वसाधारण नेपालीहरुसँग मागौला। हामीले नेत्रित्वकोलागी कम तर सर्बसाधारणको लागी बढी कर्तब्यबोध गरेर कलम चलाउनु पर्छ

Leave A Reply

Your email address will not be published.