सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको आदेश

0

काठमाडौं : प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश मीरा खड्काले अन्तरिम आदेशका लागी भदौ २९ मा छलफलमा बोलाउन आदेश गर्दै अल्पकालिन अन्तरिम आदेश गरेकी हुन् ।

पाण्डेय र भट्टले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका उनीहरुले सनाखत गर्न पछि निवेदन दिएका थिए ।

निर्वाचन आयोगले उनिहरुलाई सनाखत गराएको थिएन । सो मुद्दामा अदालतले निर्वाचन आयोगमा नामका कारण देखाउ आदेश जारी गरेको छ ।

समाजवादीमा सनाखत गर्न नपाउँदा सांसद पद गुम्ने भएपछि उनीहरु भदौ २३ मा अदालतमा पुगेका थिए । उनीहरुले रिटमा एकीकृत समाजवादीमा विवरण अद्यावधिक गराउन व्यवस्था गर्न माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.