ब्रसेल्समा नेपाली महिलाहरुले मनाए तीज

0

सिर्जना कार्की थापा, ब्रुसेल ,

बेल्जियमको राजधानी ब्रसेल्समा नेपाली नारीहरुको पर्ब हरितालिका तीजको अबसरमा एक कार्यक्रम आयोजना गरी मनाईएकोछ । एनआरएनए बेल्जियमको महिला फोरम र ब्रुसेल मिलन केन्द्रको सह आयोजनामा भएको कार्यक्रमलाई बेल्जियमका लागि नेपाली महामहिम राजदुत गेहेन्द्र राजभन्डारीले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा सफलताको शुभकामना दिदै राजदुत भण्डारीले प्रबासमा नेपाली सन्स्क्रितीको संरक्षण र प्रचार प्रसार गर्न यस किसिमका कार्यक्रमले मह्त्वपूर्ण हुने बताउनु भयो । एनआरएनए बेल्जियमका उपाध्यक्ष तिर्थराज धमलाले पनि दिदीबहिनीलाई तीजको शुभकामना दिनु भएको थियो , बिभिन्न लोक संगीत , तीज गीतमा नाचगान गर्दै दिदीबहिनीहरुले शुभकामना आदन प्रदान गरेका थिए ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केसी, पूर्व अध्यक्ष पिजी शेर्पा , लाल गुरुङ ,महासचिब रमेश कंडेल ; नेपाली ब्यबसायी संघका अध्यक्ष यामु निरौला, ब्रुसेल मिलन केन्द्रका अध्यक्ष अर्जुन घिमेरे लगायतका अतिथीहरुले कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो ।

सोही कार्यक्रममा बेल्जियममा बसोबास भएर एनआरएनए बेल्जियमको कार्यसमितीमा निर्बाचित हुनु भएका पदाधिकारीहरुलाई ब्रुसेलबासिको तर्फबाट प्रमुख अतिथी राजदुत भण्डारी र ब्रुसेल मिलन केन्द्रका संस्थापक अध्यक्ष पारस गौतमले सम्मान गर्नु भएको थियो ।

अतिथिहरुलाई एनआरएनए बेल्जियमकी सहसंयोजक शैलजा शर्मा कट्टेलले स्वागत गर्नु भएको थियो । एनआरएनए बेल्जियम महिला संयोजक ईश्वरा शर्माको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन ब्रुसेल मिलन केन्द्रकी महासचिब सिर्जना कार्की थापाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.