आगामी निर्वाचनमा एमालेसँग एक्लै लड्ने आँट कुनै पार्टीसँग छैन : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरिएको आरोप लगाएका छन् ।

शनिबार ललितपुरको लुभुमा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला संघको घोषणा गर्दै ओलीले महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खनेको बताउँदै पार्टीको केही नेताहरुले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गरे ।

अध्यक्ष ओलीले एक्लै लड्ने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे ।

ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई कुनै फरक नपर्ने स्पष्ट पारे । चूनावी तालमेल गराएर एमालेको अध्याधिक मतसहितको ठूलो दल बनाएपनि प्रदेश प्रदेशमा एमाले सरकारलाई गिराएर एमालेलाई कमजोर बनाउने काम भएको उनले बताए ।

ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षडयन्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गरे ।  मुलुकलाई अविकसितबाट विकसित, कृषिको व्यावसायिकीकरण, उद्योगको आधुनिकीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने काम अब एमालेले गर्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.