नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार ललितपुरमा ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेदन भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको कला सस्कृति मुलुकको पहिचान भएको भन्दै यसको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

हस्तकला, मुर्तिकला, चित्रकला आदीको माध्यमबाट नेपालको कला संस्कृति विश्वभर चिनाउन ज्यापु समाज ललितपुरले भूमिका खेलेको भन्दै उनले प्रशंसा गरे । उनले भाषा शिक्षा, स्वास्थ्य, संस्कृति पर्यटन लगायत सामाजिक सांस्कृतिक क्षेत्रमा पनि समाजको योगदान महत्वपूर्ण रहेको जिकिर गरे ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल भारत सांस्कृतिक समबन्ध प्रगाढ रहेको बताए । उनले नेपाली जनता र नेपालका लागि भारतले सदैव सहकार्य गर्ने जिकिर गरे । 

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण, बागमति प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, माओवादी नेतृ पम्फा भूषाल लगाएतले नेपालको संस्कृति जगेर्नामा ज्यापु समाजले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

ज्यापु समाजले ललितपुरको बागडोलमा १ सय १३ रोपनी जग्गामा ११० शैय्याको सुविधायुक्त ज्येष्ठ नागरिक आनन्द निकेदन भवन निर्माण गरेको हो । भवन निर्माणका लागि भारतीय दूतावास, ललितपुर महानगर, बागमती प्रदेश लगायतले सहयोग गरेका थिए । 

Leave A Reply

Your email address will not be published.