राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरी मंगलवार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

अध्यादेश जारी गरे लगत्तै राजपत्रमा प्रकाशित भएपछि त्यसले कानुनको रुप लिने छ । यसअघि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेको अवस्थामा दल विभाजन गर्न पाइने प्रावधान थियो ।

उक्त प्रावधानलाई खुकुलो पार्दै नयाँ अध्यादेशले दलहरूलाई विभाजनका लागि सहज बनाएको हो ।

यो अध्यादेश जारी भएसँगै अब एमाले र जनता समाजवादी पार्टी फुटाउनका लागि बाटो खुलेको छ । पार्टी विभाजनका लागि एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह तयारी अवस्थामा छ ।

Leave A Reply

Your email address will not be published.