बेल्जियममा हरितालिका तीजमा सामुहिक दर खाने कार्यक्रमको तयारि हुँदै

0

नेपाली नारीहरुको उल्लासको पर्ब तीजमा बेल्जियमका बिभिन्न शहरमा दर खाने कार्यक्रम आयोजना गरिएकोछ । दिदीबहिनीहरुलाई दर खुवाउन कतै संस्थागत त कतै सामुहिक रुपमा तयारी भैरहेका छन ।


एन्तवेरपेन शहरमा कार्यक्रमको आयोजना गर्न अगुवाइ गरिरहेका समाजसेबि राम पुनले आगामी सेप्टेम्बर 6 तारिख सोमबार स्क्यानपोर्तको हलमा करिब ३०० जना दिदीबहिनीहरुलाई तिजको दर खुवाउने कार्यक्रम राखिएको जानकारी गराउनु भएकोछ । सो अबसरमा दिउसो तीन बजेबाट राती १२ बजे सम्म नेपाली लोक गीत सङ्गित र तीजगीतमा नाचगानको ब्यबस्था गरिएकोछ ।

कार्यक्रमका लागि बिभिन्न ब्यक्तिहरुले स्वतस्फुर्त रुपमा सहयोग गरिरहेका छन । सो कार्यक्रमका लागि उठेको रकम बाँकी रहेमा चर्चित सांगितिक कार्यक्रम इन्द्रेणी मार्फत विश्वमै दुर्लभ मानिने ‘स्पाइनल मस्कुलर एट्रोफी रोग’ लागेका तनहुँका ९ महिने बालक उस्मान अलीको उपचारका लागि सहयोग गर्ने लक्ष राखिएकोछ ।

नेपाली कला संस्क्रितिलाई जगेर्ना गर्न र भाबी पुस्तालाई नेपालीपनले भरिपूर्ण तीज पर्बको आकर्षण कायम रहोस भनेर कार्यक्रम आयोजना गरिएको आयोजकहरुको भनाईछ । नेपाल र भारतका बिभिन्न राज्यहरुमा बिशेषरुपमा मनाइने तीज पर्ब महिलाहरुको पर्बको रुपमा प्रख्यात छ ।


नेपाली समुदायको बसोबास रहेको बेल्जियमको लुभेन , ब्रुसेल , गेन्ट , ब्रुज र ओस्तेन्दे लगायतका शहरमा पनि तीजको अबसरमा स्थानीय संघ संस्था र समुहले कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खबर चारदिशालाई प्राप्त भएकोछ ।

कोरोनाका कारण लामो समय देखि सामुहिक भेटघाट हुन नपाएका नेपाली समुदायका लागि बेल्जियम सरकारले लकडाउनका नियमहरु खुकुलो बनाए पछि हुन लागेका तीजका कार्यक्रमहरुले सबैलाई खुशी दिने विश्वाश गरिएकोछ ।

Leave A Reply

Your email address will not be published.