काठमाडौं उपत्यकामा भदौ ८ सम्म निषेधाज्ञा थप, राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

0

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसपटक थप गरिएको निषेधाज्ञामा भने केही परिमार्जन गरिएको छ । बैठकले थप भएको निषेधाज्ञा अवधिभर राति ८ बजेदेखि अत्यावश्क बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । 

यो नियम बिहीबारदेखि लागू हुनेछ । अरू निर्णयहरू भने साबिककै भएको प्रजिअ निरौलाले बताए ।  

यसअघि थपिएको निषेधाज्ञा बुधबार रातिदेखि सकिँदै थियो । कोरोना महामारी बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।

May be an image of text
May be an image of text
May be an illustration of text
Leave A Reply

Your email address will not be published.