एसईईको नतिजा सार्वजनिक

0

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परिक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।

शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । 

परिक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रजिष्ट्रेशन फारम भरेकोमा ४ लाख ७४ हजार २ सय ७८ जना विद्यार्थीहरुको नतिजा प्रमाणीकरण गरेर सार्वजनिक गरिएको बोर्डका परिक्षा उपनियन्त्रक चेतनाथ शर्माले बताए ।

 उनले मार्कसिटलाई जिल्लामा पुर्‍याउने र अहिले भने विभिन्न माध्यमबाट आफ्नो नजिता हेर्न सक्ने जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.