मुख्यमन्त्री निवासमा मलाई बन्धक बनाइयो : विमला वली

0

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको आरोप लगाएकी छन् । केही दिनयता सम्पर्कविहीन भएकी वलीले बिहीबार पत्रकार सम्मेलन गर्दै आफुलाई मुख्यमन्त्री पोखरेल निवासमा बन्धक बनाइएको बताएकी हुन् ।

प्रदेशसभा सदस्य वलीले साउन १५ गतेदेखि मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको र २० गते सुरक्षाकर्मीलाई समेत छलेर माओवादी केन्द्रको सम्पर्कमा आएको बताइन् ।

उनले दाङको तुलसीपुरमा रहेको आफ्नो निवासबाट नेपालगञ्ज औषधि उपचाको क्रममा जान लाग्दा गाडीमा पुर्‍याइदिने भन्दै एमाले संसदीय दलका सचेतक भुमिश्वर ढकालले मुख्यमन्त्री निवासमा ल्याएर आफु एमालेको रहेको विज्ञप्तिमा जबरजस्ती हस्ताक्षर गराएको बताइन् ।

पत्रकार सम्मेलनमा विपक्षी दलका सांसदहरुले घटना अत्यन्त दुखद निन्दनीय भएको बताउँदै मुख्यमन्त्री शंकर पोखरेलमाथि छनविन हुनुपर्ने माग गरे ।

सत्ता टिकाईरहन सांसद खरिद बिक्री गर्नु, मुख्यमन्त्री निवासमै बन्धक बनाइनु जस्ता कार्य निन्दनीय भएको भन्दै बुद्धिजीवी र मानव अधिकारवादीहरुले समेत आपत्ति जनाएका छन् ।

शंकर पोखरेल नेतृत्वको सरकार बैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भएको विपक्षीहरुले बताउँदै आएका छन् । उनीहरुले निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रुपमा सरकार संचालन गर्दै आएको बताएका छन् ।

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.