पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

0

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत् नेता खनालको डा. अखिल मिश्रको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

खनाल केही दिन दिल्लीमै आराम गरेर स्वदेश फर्किनेछन् । 

खनाललाई उपचारका लागि गत असार २ गते दिल्ली लगिएको थियो ।

Leave A Reply

Your email address will not be published.