काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरिएको छ । आज दर्ता गराइएको अविश्वास प्रस्तावमा ३४ सांसदको हस्ताक्षर छ ।
गठबन्धनले नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका सांसद् कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ ।
यसअघि पनि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले दुई पटक अविश्वासको प्रस्ताव दर्ता गराइसको थिए ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीहरुले वैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोमबार बहुमतीय सरकार गठनको लागि ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका थिए ।