गण्डकीमा माओवादी केन्द्रको तर्फबाट मन्त्रीको टुंगो लाग्यो

0

काठमाडौं : गण्डकी प्रदेशमा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको सरकारमा माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री बन्नेको अन्तिम टुंगो लगाएसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

माओवादी सांसदहरू रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक चर्ती कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका हुन् ।  

बरालले अर्थ, दीपक चर्तीले वन तथा वातावरण र बुढाले कृषि मन्त्रालय सम्हाल्ने छन् । उनीहरुको शपथ ग्रहण शुक्रबार दिउँसो १ बजे गर्ने तयारी छ ।

गण्डकीमा गत जेठ २९ गते गठबन्धनको सरकार बनेको थियो । कांग्रेस नेतृत्वमा सरकार बनेपनि दलीय खिचातानी र मन्त्रालयको बाँडफाँडमा सहमित नजुट्दा सरकार मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

शुक्रबार सत्ताको नेतृत्वकर्ता कांग्रेस साझेदार माओवादीबीचको छलफलपछि सरकारमा जाने मन्त्रीको टुंगो लागेको हो ।

माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसकेकी छन् । उनीस्वास्थ्य तथा जनसंख्या मन्त्री हुन् । कांग्रेसले पनि शुक्रबार नै सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.