कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने

0

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म गर्ने निर्णय गरेको हो । 

कोभिड-१९ महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो । जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो ।

भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।

Leave A Reply

Your email address will not be published.