प्रचण्ड, यादव र नेपालबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

0

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । शुरुमा दाहाल र नेपालबीच भेटवार्ता भएको थियो । त्यसपछि उपेन्द्र यादव कोटेश्वर पुगेका थिए ।

बेग्लाबेग्लै भएको भेटमा सरकारमा सहभागिताका बारेमा कुराकानी भएको बुझिएको छ ।

त्यस्तै एमालेको आन्तरिक विवाद, नयाँ सरकार गठनपछिको परिस्थिति, कांग्रेस, माओवादी, जसपासहितको मोर्चा लगायतका विषयमा नेताहरुबीच कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि जसपाको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने तयारीमा छ ।

यादव समूहले यसअघि नै देउवा नेतृत्वको सरकारमा सहभागी हुने घोषणा गरिसकेको छ । तर सरकारमा सहभागी हुन यादव समूहले निर्वाचन आयोगको पार्टी आधिकारिकता सम्बन्धी विवादको निर्णय कुरिरहेको छ ।

एमालेको माधव पक्षलाई पनि सरकारमा सहभागी गराउन नेताहरूले प्रयास गरिरहेका छन् । नेताहरूले यस विषयमा गठबन्धनको बैठक बसेर छलफल गर्ने तयारी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.