थप खोप सहायताका लागि खोप दाता राष्ट्रहरुलाई सरकारको आह्वान

0

काठमाडौं : सरकारले खोप दाता राष्ट्रलाई धन्यवाद दिँदै थप खोप सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराइदिन निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त क्षेत्र घोषण गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आगामी साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय समेत गरेको उनले बताए ।

भारतसँग सातामा एउटा मात्रै उडान रहेकोमा अब त्यसलाई बढाएर सातामा तीनवटा उडान सञ्चालनको अनुमति दिने निर्णय भएको उनले बताए । 

उनले यसअघि नियुक्त गरिएका ११ जना राजदूत नियुक्तीको निर्णय पनि यसअघिको बैठकले गरेको प्रवक्ता कार्कीले बताए । 

Leave A Reply

Your email address will not be published.