देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले स्पष्टिकरण सोध्ने

0

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई स्पषटिकरण सोध्ने निर्णय गरेको हो ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिए भने १० सांसद तटस्थ बसेका थिए । मत दिने २२ सांसदमध्ये यसअघि ओली पक्षमा खुल्दै आएका ८ जना पनि छन् । उनीहरुले माधवकुमार नेपालसँगै फ्लोर क्रस गरेर देउवालाई मत दिन गएका थिए । 

साथै बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको नेता विष्णु रिमालले जानकारी दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यन्वयनमा लगे पनि मधव नेपालले नमानेको बताए । बैठकमा आउन आग्रह गर्न गएका कार्यदलका सदस्यहरुसँग नेपालले आफू अल्पमतमा रहेको बैठकमा नआउने जवाफ दिएर पठाएको ओलीले बताए ।

Leave A Reply

Your email address will not be published.