आगालागीबाट रु दश लाखबराबरको क्षति

0

बनेपा, ३ भदौ । काभ्रेपलाञ्चोकको ढुङ्खर्क गाविस निवासी धनबहादुर ध्यावाको घरमा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । विद्युत् प्रवाहमा गडबडी भएर आगलागी हुँदा २०० ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरीनायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । आगलागीमा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

Leave A Reply

Your email address will not be published.