डा.बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

0

काठमाडौं : पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सानेपामा रहेको भट्टराई निवास पुगेर चन्दले भेटवार्ता गरेका हुन् ।

विगतमा नेकपा माओवादीमा रहेर सँगै सशस्त्र द्वन्द्वमा होमिएका चन्द र भट्टराई अहिले फरक-फरक पार्टीमा छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका चन्दले आइतबार बिहानै भट्टराईलाई भेटेका हुन् ।

भेटमा समसामयिक राजनीतिका साथै विगतमा सँगै राजनीति गर्दाको बारेमा अन्तरंग छलफल भएको भट्टराईका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । 

Leave A Reply

Your email address will not be published.