विप्लव नेकपाका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

0

काठमाडौं : सर्वोच्च अदालतले नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न आदेश दिएको छ । 

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले नेता ओलीलाई रिहा गर्न आदेश दिएको हो ।

यसअघि, सरकारसँग ३ बुँदे सम्झौता गर्दै सार्वजनिक भएका विप्लवले आफ्ना नेता कार्यकर्ता छुटाउने सहमति गरेका थिए । 

यसबीचमा ओलीकी श्रीमती अम्बिका चन्द र नेता भरत बमले ओलीको गिरफ्तारी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

Leave A Reply

Your email address will not be published.