माधव नेपालले आत्मालोचन गर्ने कुनै स्थान छैन : ओली

0

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)मा माधवकुमार नेपालले आत्मालोचना समेत गर्ने कुनै स्थान नभएको बताएका छन् ।

बुधबार आफ्नो निजि निवास बालकोट फर्किएका ओलीले पार्टीमा माधव नेपालको हकमा अत्मालोचन गर्ने कुनै ठाउँ नै नरहेको बताएका हुन् ।

उनले अरुको पछाडि लाग्नेहरुको सन्दर्भमा कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न आए मौका दिने तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार नगरिने धारणा राखे ।

उनले आफूलाई जालझेल गरेर हटाइएको भन्दै त्यसको अगुवाइ माधव नेपालले गरेको आरोप लगाए ।

देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि अगाडि बढाएर अघि बढ्दा विरोधीहरुले आफुलाई अटाएको उनले बताए । ओलीले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको र अदालतले नै प्रधानमन्त्री छानेर जात्रा देखाएको तर्क गरे ।

ओलीले अदालतमा निवेदन हालेर सधैं सरकार नपाइने समेत बताए ।

बालुवाटारबाट प्रहरीको स्कर्टिङसहित निस्किएका ओलीलाई युवा संघले जुलुस सहित बालकोट पुर्‍याएको थियो ।

बालकोट पुग्दा ओलीको स्वागत गर्दै कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालविरुद्ध नारा लगाएका थिए । बालकोटमा ओलीलाई ब्यान्ड बाजा बजाएर एमाले कार्यकर्ताहरुले स्वागत गरेका थिए । 

Leave A Reply

Your email address will not be published.