प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

0

काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको बानेश्वरमा युवा संघल सरकारले संविधानअनुसार नै काम गर्दा पनि घेराबन्दी पार्न खोजिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘आइएम वीथ केपी ओली’, ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं’, ‘संविधानको कार्यान्वयन गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘व्यवस्था विरोधी कदम बन्द गरौं’ लगाएतका प्लेकार्ड बोकेका थिए ।

त्यस्तै सहभागीले ‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ‘कानुनी शासन कायम गरौं, बौद्धिक अराजकताको अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए ।

त्यस्तै आइतबार नै एमाले निकट खेलकूद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित आइतबार प्रदर्शन गरेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरमा गरिएको प्रदर्शनका क्रममा केपी ओलीको पक्षमा नारावाजी गरेका थिए । खेलकूद महासंघका अध्यक्ष रमेश पौडेलले सरकारलाई असफल बनाउने काम भएको र मुलुकमा अराजक अवस्था सिर्जना गर्न खोजिएको भन्दै खबरदारी गरिएको बताए ।

एमाले निकट संगठनले जनताको सार्वभौमसत्ताको रक्षा र विपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमका विरुद्ध निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.