सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने

0

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सिन्धुपाल्चोकको बाढी पहिरो पीडितहरुलाई प्रतिपरिवार ५० हजार रुपैयाँ उपलव्ध गराउने घोषणा गरेका छन् ।

सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न शनिबार त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले राहतको घोषणा गरेका हुन् ।

उनले बाढीप्रभावितलाई अस्थायी बसोबासका लागि लागि १५ सय बण्डल जस्तापाता उपलव्ध गराउने घोषणा पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले बाढी प्रभावित स्थानमा तत्कालीन र दीर्घकालिन कामबारे योजना बनाई कार्यान्वयन गर्नका लागि आफु सरोकारवाला निकायका पदाधिकारीसहित प्रभावित क्षेत्रमा आएको बताए । उनले पुनर्निर्माणका कामलाई योजनावद्ध र तिब्रताका साथ अघि बढाउने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले जनता, संघसंस्था र सरकार मिलेर विपद्मा परेकालाई राहत तथा उद्धारमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले सहयोग देखाउनका लागि नभई कठिनाई घटाउनका लागि हुनुपर्ने बताए । उनले दाताहरुलाई स्थानीय निकाय वा संघ संस्थासंग प्रभावितहरुको लगत रहेको र त्यही लगतको आधारमा आवश्यकताको सिद्धान्त अनुसार राहत वितरण गरिने हुँदा स्थानीय निकायलाई नै राहत उपलब्ध गराउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले जनताको समस्यामा राजनीति गरेर विकासमा बाधा पुराउने काम नगर्न आग्रह समेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.