सरकारले उद्धार, राहत र पुनर्स्थापनामा राजनीति गर्दैन : गृहमन्त्री पौडेल

0

काठमाडौं : गृहमन्त्री विष्णु पौडेलले विपद्मा परेकाको राहत, उद्धार र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।

आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिदैँ गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्मा परेकाको उद्धार, राहत र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् ।

राजनीतिका लागि अन्य कयौ एजेण्डाहरु भएको भन्दै उनले मानविय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् । उनले विपत् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारबीच प्रभावकारी समन्वय भएको बताए । विपतमा परेकाहरुलाई राहत दिन चाहाने व्यक्तिहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् वितरण गर्नेगरी एकद्धार प्रणाली लागू गरिएको पनि उनले बताए ।

गृहमन्त्री पौडेलले वर्षाका कारण पहिरो जानसक्ने र सडक अवरुद्ध हुनसक्ने सम्भावना भएका ठाउँको नजिकमा मानविय तथा अन्य आवश्यक स्रोत, साधनहरुको व्यवस्थापन गरीएको बताए । उनले सडक सुचारु गर्न र मानिसको आवतजावत लाई सहज तुल्याउन सरकार केन्द्रित भएर लागेको बताए ।

उनले बाढी प्रभावितको पुर्नस्थापनको निम्ति बजेटको अभाव नहुने पनि स्पष्ट पारे । गृहमन्त्री पौडेलले डुबानको समस्या समाधान गर्नका लागि भारत सरकारसँग दुई पक्षिय सम्वाद गरेको पनि बताए । कुनैपनि भौतिक संरचनाका कारणले डुबानमा नपरोस् भन्नका लागि र नदी थुनिएर बस्ती डुबानमा नहोस् भन्नका लागि सरकारले हरसम्भव प्रयास गरेको उनले स्पष्ट पारे । 

यसवर्षको मनसुनजन्य विपद्का कारण क्षतिग्रस्त घरहरुको पुर्ननिर्माण र पुनर्स्थापनाका लागि सरकारले बनाएको कार्यविधि अनुसारको रकम तत्काल दिनकालागि प्रक्रिया अगाडी बढाइएको पनि उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.