विपक्षी गठबन्धनका विद्यार्थी संगठहरुद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

0

काठमाडौं : विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । 

विद्यार्थी संगठनहरुले बिहीबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अघि प्रधानमन्त्री ओलीको पुतला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन् । क्याम्पस बाहिर प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र विद्यार्थीबिच केही समय घम्साघम्सी परेको थियो । प्रहरीले केही विद्यार्थी नेतालाई पक्राउ समेत गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको विद्यार्थी नेताहरुले जनाएका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले प्रतिगमन नसच्चिएसम्म आन्दोलनलाई शसक्त बनाउने चेतावनी दिए ।

त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले मुलुकलाई प्रतिगमनतर्फ जानै नदिनका लागि गरिएको प्रदर्शनका क्रममा विद्यार्थीहरुलाई प्रशासनले दबाउन खाजेको आरोप लगाए ।

त्यस्तै अनेरास्ववियु (माधव पक्ष)का अध्यक्ष सुदेश पराजुलीले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त पर्ने षड्यन्त्र भइरहेको बताए ।

सरकारको कामकारवाहीको विरोध गर्दै विद्यार्थी संगठनहरुले लगातार विरोध प्रदर्शन गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.