राष्ट्रपतिबाट संवैधानिक आयोग र न्याय परिषदमा नियुक्ति

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न २० संवैधानिक निकायमा पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयका अनुसार लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी र सदस्यहरुमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकुमारी नियुक्त भएका छन् ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरिप्रसाद पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन् ।

यसैगरी निर्वाचन आयोगको आयुक्तमा सगुन शम्शेर जबरा नियुक्त भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपिनराज निरौला, राष्ट्रिय महिला आयोगको सदस्यहरुमा जया घिमिरे र सावित्राकुमारी शर्मा तथा राष्ट्रिय दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी नियुक्त भएका छन् ।

यस्तै, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सिना, सदस्यहरुमा पुष्पराज तिमिल्सिना, मानप्रसाद खत्री नियुक्त भएका छन् ।

आदिवासी जनजाति आयोगको सदस्यमासुर्यबहादुर गुरुङ, मधेसी आयोगको सदस्यमा आभाकुमारी, थारु आयोगको सदस्यहरुमा डा. उमाशंकर प्रसाद चौधरी र शान्ति मोदी नियुक्त भएका छन् भने मुस्लिम आयोगको सदस्यमा मोहम्मद समसुल हक (सर्लाही) नियुक्त भएका छन् ।

यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गरेकी छन् ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न रिक्त पदाधिकारी तथा सदस्यहरुको नियुक्तीको लागि सिफारिस गरेको थियो ।

Leave A Reply

Your email address will not be published.