नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला

0

काठमाडौं : नेपालमा कोरोना संक्रमणको डेल्टा भेरियन्टको नयाँ म्युटेसन फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीमा ४७ वटा नमुनाको जिन सिक्यन्सिङ गर्दा ९ वटामा डेल्टा भेरियन्टको उत्परिवर्तन रुप (के१४७एन म्युटेसन) देखिएको हो ।

मन्त्रालयका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो । 

नेपालमा अहिलेसम्म अल्फा, डेल्टा र कप्पा भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको संक्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ । 

नेपालमा भेटियो कोभिड–१९ को ‘कप्पा’ भेरियन्ट, सबै उमेरकालाई असर गर्ने
Leave A Reply

Your email address will not be published.