मुख्यमन्त्री नेपालीले नै बजेट प्रदेशसभामा प्रस्तुत गर्ने

0

पोखरा : गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रदेशसभामा प्रस्तुत गर्ने भएका छन् । 

जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई रहेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसंग नै अर्थमन्त्रालय पनि रहेकाले बजेट नीति तथा कार्यक्रम पनि उनी आफैले बाचन गर्न लागेका हुन् । 

नेपाली शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनीसँगै चार मन्त्रीले सपथग्रहण गरे पनि मन्त्रालय बाँडफाँट गरिएको छैन । सबै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मातहत राखेका छन् । 

छोटो समयमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यतामा रहेका उनले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने मन्त्रीपरिषद्को बैठकमा जानकारी गराएका थिए । 

मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे पनि निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.