चुरे संरक्षणमा प्रतिबद्ध छु : वनमन्त्री राना

0

काठमाडौं : नवनियुक्त वनमन्त्री नारदमुनि रानाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात रानाले पदभार ग्रहण गरेका हुन् । 

पदभारपछि मन्त्री रानाले चुरे क्षेत्रको संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् । नेपालका बहुमुल्य जडिबुटिको संरक्षण लगाएत वन क्षेत्रको संरक्षणका लागि आवश्यक कार्यक्रम ल्याइने उनको भनाइ छ ।

वन ऐन, नियमावली र निर्देशिका जनताको हितमा कार्यान्वयन गरिने प्रविबद्धता जनाएका छन् ।

यस्तै बिहीबार नै आशा कुमारी विकले पनि वन राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छन् ।

Leave A Reply

Your email address will not be published.