आज खण्डग्रास सूर्य ग्रहण, नेपालमा बार्नु नपर्ने

0

काठमाडौं : आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । नेपालको सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

नेपालमा सूर्यग्रहण नदेखिने भएकाले यसलाई बार्नुनपर्ने समितिले जनाएको छ । जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो ।

नेपाली समय अनुसार सूर्यग्रहण दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने छ ।

ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउदा कुण्डलाकार सूर्यग्रहण लाग्ने गर्दछ ।

Leave A Reply

Your email address will not be published.