नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा आइतबार थप तीन हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १० हजार ४ सय ७१ पीसीआर परीक्षणका क्रममा ३ हजार २४ र तीन हजार २ सय ६२ र एन्टीजेन परीक्षणका क्रममा ४५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म पीसीआर परीक्षणबाट ५ लाख ८८ हजार १२४ र एन्टीजेन परीक्षणबाट १३ हजार ५५९ संक्रमित फेला परेका छन् ।

त्यस्तै कोरोनाका कारण थप ९९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ८ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ६ हजार ६ सय ३६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ९१ हजार ९ जना संक्रमित निको भएका छन् ।

हाल ८९ हजार २१७ जना सक्रिय संक्रमित आइशोलेशनमा र ७३१ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा ३१ लाख ४३ हजार ६२ वटा पीसीआर र ६९ हजार ९५१ वटा एन्टीजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.