काठमाडौं : डेनमार्कले नेपाललाई १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ । डेनमार्कले नेपाललाई युनिसेफ मार्फत एस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप दिने पत्र पठाएको छ ।
स्वास्थ्य सेवा विभागले डेनमार्क सरकारको पत्र पाए लगत्तै युनिसेफमा पत्र पठाइसकेका जनाएको छ । युनिसेफले नै आवश्यक प्रक्रिया अगाडि बढाउने बिभागले बताएको छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा चीन सरकारले दिएको १० लाखमध्ये ८ लाख डोज खोप नेपालले प्राप्त गरिसकेको छ ।
अमेरिकाले पनि नेपाललाई खोप वितरणमा प्राथमिकतामा राखेको छ । संख्या भने खुलाएको छेैन । युकेबाट पनि खोपल्याने पहलमा प्रधानमन्त्री केपी ओलीले आग्रह गरेका छन् ।