अस्पताललाई सरकारको निर्देशन- कोरोनाको तेस्रो लहर आउन सक्छ, २० प्रतिशत बेड छुट्याउनू

0

काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमणको तेस्रो तथा चौथो लहर आउनसक्ने भन्दै अस्पतालहरूमा आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयले आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि प्रौढ र युवा लक्षित मात्र भएको भन्दै मन्त्रालयले अब तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने मन्त्रालयको आंकलन छ ।

साथै अक्सिजनको व्यवस्थापन गर्न पनि मन्त्रालयले अस्पताल तथा प्रदेशका सामाजिक विकास मन्त्रालयहरुलाई सूचित गरेको छ । 

Leave A Reply

Your email address will not be published.