नयाँ भेरियन्टबारे नेपालले माग्यो बेलायतसँग जानकारी

0

काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको बारे बेलायती पत्रपत्रिकामा प्रकाशित समाचारका विषयमा नेपाल सरकारले बेलायत सरकारसँग जानकारी माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन इमेलमार्फत पत्राचार गरेको बताए ।

डा पौडेलले नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएको समाचारले आफुहरु आश्चर्यचकित भएको सो विषयमा जानकारी माग्न बेलायतको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई पत्राचार गरेको बताए ।

नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको जानकारी नभएको विश्व स्वास्थ्य संगठनले पनि बताएको छ ।

बेलायतले पनि हालसम्म नेपालबाट फर्किएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको बताएको तर नयाँ भेरियन्टबारे आधिकारिक जानकारी नगराएको पौडेलले जानकारी दिए ।

डेल्टा (बी.१.६१७.२) भेरियन्ट भने भारतमा पत्ता लागेको र नेपालमा पनि फैलिएको भेरियन्ट हो । नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको समेत उनले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.