उद्योगमन्त्री अस्पताल भर्ना

0

भक्तपुर, ३१ साउन । उद्योगमन्त्री महेश बस्नेत अचानक पेट दुखेपछि आज बिहान अस्पताल भर्ना गरिनुभएको छ । पेट दुखेपछि बिहान ३ बजे नै भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको अतिसघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक गोपीकृष्ण न्यौपानेले जानकारी दिनुभयो । निर्देशक न्यौपानेले भन्नुभयो, “बिहानैदेखि आइसियुमा राखेर उपचार गरिरहेका छौँ, उहाँको मुख्य समस्या एपेन्डिक्सको बिहान १० बजे शल्यक्रिया गरिनेछ, त्यसका साथै अन्य रोग भए नभएको परीक्षण पनि भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.