मदिरा सेवन गरी सहकर्मीको हत्या

0

महोत्तरी, ३१ साउन । महोत्तरीको गौशालास्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्ड महेश्वर झालाई मदिरा सेवन गरी आफ्नै सहकर्मीले हत्या गरेको रहस्य सार्वजनिक भएको छ । गएराति मदिरा सेवन गरी आएका ४४ वर्षीय अजयकुमार सिंहले बैंकको सुरक्षामा खटिएका महेश्वर झालाई दुईनाले बन्दुक प्रयोग गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
महोत्तरी सुन्दरपुर घर भएका मृतक झाको छातीमा गोली लागेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यसभन्दा अगाडि पनि गार्ड सिंहले मदिरा सेवन गरी आफूहरुसँग बारम्बार निहँ खोज्दै आएको र सोको बारेमा बैंकका प्रबन्धकलाई बारम्बार जानकारी गराउँदासमेत बैंकले कुनै कारबाही नगरेको बैंकका अर्का सुरक्षागार्ड जीतबहादुर मगरले बताउनुभयो । मृतकको शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको छ भने फरार रहेका अजयको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.