काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, खाद्यान्न र स्टेसनरी आंशिक खुल्ने

0

उपत्यकामा जारी निषेधाज्ञाको अवधि लम्बिएको छ । बैशाख १६ देखि जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको हो । पछिल्लोपटक सात दिनका लागि थप भएको निषेधाज्ञा बिहीवारबाट सकिँदै छ।

बुधवार उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिनसम्म उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

यसपटक थप गरिएको निषेधाज्ञामा भने खाद्यान्य, डिपार्टमेन्टल स्टोर र पुस्तक पसल सञ्चालन गर्न दिइने भएको छ ।

गत एकसाता काठमाडौं उपत्यकाभित्र खाद्यान्न र डिपार्टमेन्टल स्टोरलाई समेत खोल्न रोक लगाइएको थियो ।

Leave A Reply

Your email address will not be published.