काठमाडौं : कोरोना संक्रमणपछि उपचारत अवस्थामा रहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको उपचार खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने भएको छ ।
मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईले शनिबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै थापाको उपचार खर्च आफूले तिरिदिन जानकारी दिएका हुन् ।
गणतन्त्र दिवसको शुभकामना दिँदै र शहीदहरुको त्याग र बलिदानको स्मरण गर्दै प्रसाईले गणतन्त्र स्थापनामा लागेका अभियान्ता भन्दै थापाको उपचार खर्च व्यहोर्न तयार रहेको बताएका छन्।
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आर्थिक सहयोगको लागि आह्वान गरेको जानकारी आफूले पाएकोले सामाजिक उत्तरदायित्व महसुस गर्दै उनको उपचार खर्च तिर्न तयार भएको प्रसाईको भनाइ छ।
उनले थापाको उपचार गर्दा मेडिसिटी अस्पतालमा लागेको सम्पूर्ण उपचार खर्च आफूले दिने जानकारी उनले दिएका छन् ।
गम्भीर अवस्थामा थापाको उपचार ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भइरहेको छ ।