काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि

0

काठमाडौं : काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको किर्तिपुर र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

कीर्तिपुरका दुई र चन्द्रागिरीको एक ठाउँमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागले जानाएको छ ।

अस्वभाविक रुपमा टर्कीको मर्न थाले पछि विभागले नमूना संकलन गरी केन्द्रीय प्रयोगशालामा परिक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो । व्यवसायीक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा वर्डफ्लु भेटिएको विभागले जनाएको छ ।

काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा केही महिना अघि कुखुरा र टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.