सरकार संक्रमण रोक्नेभन्दा त्रास फैलाएर आफू सुरक्षित हुन खोजिरहेको कांग्रेसको निष्कर्ष

0

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गर्न आम नागरिक र नागरिक समाजलाई उक्त कदमको विरोध गर्न आह्वान गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले अदालतमा कानुनी लडाइँ सुरु भएको कोरोनाका कारण सडकमा जाने अवस्था नभएकाले तत्तकाल आम नागरिक र नागरिक समाजलाई विरोध गर्न आह्वान गर्ने निर्णय गरेको हो । यसका साथै अन्य राजनीतिक गतिविधि कसरी गर्ने भन्नेबारे छलफल भएको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

सरकार कोरोना संक्रमण रोक्नेभन्दा त्रास फैलाएर आफू सुरक्षित हुन खोजीरहेको कांग्रेसको निष्कर्ष छ । सरकार कोरोनाको त्रास फैलाएर आफ्ना अवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरिरहेको सहमहामन्त्री डा महतले बताए ।

सरकारले दुई दिनभित्र खाद्यान्न किनिसक्नू भनेर जनतामा त्रास फैलाउने काम सरकारले गरिरहेको कांग्रेसको निष्कर्ष छ । यस्तै विदेशी सहयोग पनि ओली सरकारले दूरुपयोग गरेर पार्टीकरण गर्न खोजेको बैठकले निष्कर्ष निकालेको छ । साथै सरकारका यस्ता कदमलाई तत्काल रोक्ने माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.