कांग्रेसको आकस्मिक बैठक बस्दै

0

काठमाडौं : राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्न आहवन गरेसँगै नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।

राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको कांग्रेसले बताएको छ ।

सोही सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी छन् । यसका लागि राष्ट्रपति भण्डारीले आज साँझ ५ वजेसम्मका लागि समय दिएकी छन् ।

Leave A Reply

Your email address will not be published.