थरुहट बन्दले जनजीवन प्रभावित

0

बर्दिया, ३० साउन । चितवनदेखि कञ्चनपुरसम्मको भूभाग थरुहट प्रदेश हुनुपर्नेे माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द पाँच दिन हुँदा पनि फिर्ता नभएपछि पश्चिम तराईको जनजीवन थप कष्टकर बनेको छ । हिमाल, पहाड, तराईको भूगोल समेटेर बनाईएको प्रदेश थारुवानलाई स्वीकार्य नहुने भन्दै गत मंगलवारबाट चितवनदेखि कञ्चनपुरसम्म पश्चिम तराईका २२ जिल्ला बन्द गरिएको हो ।
बन्दका कारण यी जिल्लामा लामो तथा छोटो दुरीका यातायातका साधन संचालन हुन सकेका छैनन् । विद्यालय, उद्योगधन्दा, कलकारखाना, बजार ठप्प छन् । राजमार्गमा भने प्रहरीको स्कटिङमा फाट्टफुट्ट गाडी संचालन भएका छन् । आन्दोलनकारीले बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गर्न आह्वान गरेका छन् ।

Leave A Reply

Your email address will not be published.