लमजुङ : लमजुङको भुलभुलेमा बुधबार बिहान लगातार दुईपटक भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पमा परी हालसम्म पाँच जना घाइते भएको विवरण प्राप्त भएको छ भने १० घर भत्किएका छन् ।
भूकम्पमा घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए ।
भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको छ ।