नेपालबाट कोरोना संक्रमण फैलने सक्ने भन्दै चीनद्वारा सगरमाथा आरोहण स्थगित

0

काठमाडौं : नेपालबाट कोरोनाभाइरस संक्रमण फैलने सक्ने बताउँदै चीनले सगरमाथा आरोहण स्थगित गरेको छ । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार चिनको खेलकुद प्रशासनले आरोहण स्थगित गरेको गरेको हो ।

नेपालको मोहडाबाट हुनसक्ने भाइरस संक्रमणबाट सतर्क हुन चीनले सो निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

चीनले ३८ जना चिनियाँ आरोहीलाई यो सिजनमा सगरमाथा आरोहणको अनुमति दिएको थियो । नेपालले भने ४०८ जना आरोहीलाई अनुमति दिएको थियो ।

चीनले आरोहण स्थगित गर्ने निर्णय गरेपछि चिनियाँ आरोही बीचबाटै फर्किएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.