गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदै

0

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदैछ । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयसमीमा आज सकिने भएको हो ।

गुरुङले गत आइतबार राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय दिएकी हुन् ।

यस समयभित्र विपक्षी दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्छ । अन्यथा प्रदेश सभामा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ ।

अहिले गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल एमाले हो भने त्यसका संसदीय दलका नेता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुन् । विपक्षी दलले अझै पनि बहुमत पुर्‍याउन सकेका छैनन् । आज दिनभरमा कुनै चमत्कार नभए पुनः गुरुङ नै मुख्यमन्त्री हुने देखिएको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेसलाई साथ दिन नसकिने बताएका छन् । उनी पार्टीको निर्णयविपरीत उभिएका हुन् । ६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठन गर्न ३१ सांसद आवश्यक हुन्छ ।

Leave A Reply

Your email address will not be published.