जसपा अर्को सरकार निर्माणमा संलग्न हुँदैन : महन्थ ठाकुर

0

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणमा संलग्न नहुने बताएका छन् । ठाकुरले सोमबार अबेर राति विज्ञप्ति जारी गरि पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री ओलीसंग भएका वार्ता सकारात्मक तथा कार्य-प्रगतिसमेत भइरहेकाले आफू अर्को सरकारका पक्षमा नरहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत रहेको उल्लेख छ ।

त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः रहेको अध्यक्ष ठाकुरद्वारा विज्ञप्तिमा भनिएको छ । सोमबार दिउँसो संसदमा जसपाकै डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए ।

जसपामा भट्टराई-यादव ओलीको तीव्र विरोधमा छन् भने ठाकुर समर्थनमा रहेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा भट्टराई-यादव पक्ष ले तयारी गरिरहेका बेला जसपाकै अध्यक्ष ठाकुरले भने सोमबार मध्यराति विज्ञप्ति जारी त्यसको विरोध गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.