बहराइनका राजकुमारको टोली सगरमाथाको चुचुरोमा

0

काठमाडौं : बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरको छ । 

मंगलबार बिहान ६ बजेर ४० मिनेट जाँदा टोलीले सगरमाथाको चुचुरोमा पाइला राखेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् ।

सगरमाथाको नयाँ उचाई ८८४८.८६ भएसँगै बहराइनको राजकुमारको टोली पहिलोपटक चुचुरो पुग्ने अन्तर्राष्ट्रिय टोली बनेको सेभेन समिट ट्रेक्सले दाबी गरेको छ । राजकुमारको टोलीलाई आरोहण प्रशिक्षण सेभेन समिट ट्रेक्सले दिएको थियो ।

राजकुमारको टोलीलाई सगरमाथा पुर्‍याउन १९ वर्षीय टासी शेर्पा नेतृत्वको टोलीले साथ दिएका थिए । राजकुमार खलिफाले यसअघि गएको वर्ष लोबुचे र मनास्लु हिमाल चढेका थिए ।

यो वर्षको वसन्त यामका लागि पर्यटन विभागले सगरमाथा आरोहणका लागि ४०८ जनालाई अनुमति दिएको छ । सन् २०१९ सगरमाथा आरोहणका लागि ३८१ जनालाई विभागले अनुमति दिएको थियो ।

Leave A Reply

Your email address will not be published.